Annual General Meeting
अमेरिकामा रहेको मधेशी एसोसिएसनको वार्षिक साधारण सभा आगामी अगस्ट २९ र ३० मा हुने-
दीपेन्द्र प्रजापति/दि ब्लास्ट किंग ।
वीरगञ्ज, २३ श्रावण । अमेरिकामा बसोबास गर्ने मधेशी समुदायहरुको साझा संस्था मधेशी एसोसिएसन इन अमेरिका (MAA) ले आफ्नो वार्षिक साधारण सभा (Annual General Meeting–AGM) आगामी अगस्ट २९ र ३०, २०२६ मा भर्चुअल माध्यम बाट आयोजना गर्ने भएको छ ।
संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार दुई दिने उक्त वार्षिक साधारण सभा प्रत्येक दिन बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा अमेरिका सहित विभिन्न देशमा रहेका मधेशी समुदायका सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
एमएएका अध्यक्ष मनोज सिंह का अनुसार साधारण सभामा संस्थाको वार्षिक प्रगति, आगामी कार्ययोजना, संगठन सुदृढीकरण तथा समुदायको हित सँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिनेछ ।
साथै सहभागी सदस्यहरूले संस्थाको भावी दिशा निर्धारणमा आफ्नो सुझाव तथा धारणा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
संस्थाले सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई भर्चुअल माध्यम बाट आयोजित उक्त साधारण सभामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।
एमएएले विगत देखि नै अमेरिकामा रहेका मधेशी समुदाय बीच एकता, सहयोग तथा सांस्कृतिक पहिचानको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
