मा को अधिवेशनमा विभिन्न विधामा अवार्ड दिइने

अमेरिका ।

अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका मधेशी मुलका नेपालीहरुको संगठन मधेशी एशोसिएशन इन अमेरिका(मा) को प्रथम अधिवेशन न्यूयोर्कमा हुने भएको छ ।

मे महिनाको २५ र २६ मा हुने भेला तथा अधिवेशनकाका लागि संस्थाको न्यूयोर्क च्याप्टर अध्यक्ष मनोज सिंहको संयोजकत्वमा गठित व्यवस्थापन समितिले काम अघि बढाएको छ । मधेशी समुदायको शसक्तिकरण र संस्कृति प्रवद्र्दन गर्ने मुल उद्देश्य राखेर गठन भएको मा को न्यूयोर्क, क्यालिफोर्निया, टेक्ससको डलास र अस्टिन, पिट्सवर्ग, वासिंगटन डिसी, शिकागो , ओहायो र न्यू इंगल्याण्डमा गरी ९ वटा च्याप्टर समिति रहेको छ ।

अमेरिकामा रहेका मधेशी मुलका नेपालीहरुलाई संगठित गर्दै मधेशी र समग्र नेपालीको कला, भाषा र संस्कृतिको प्रवद्र्दनमा टेवा पुर्याउन उद्देश्यले संस्था स्थापना गरिएको बताउदैं अध्यक्ष सुनिल शाहले स्थापना देखिनैं संस्था नेपाल र अमेरिकामा सामाजिक सेवामा समेत सक्रिय रहेको बताए ।

यसैविच, अधिवेशनको अवसरमा संस्थाले सामाजिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तिलाई विभिन्न पुरस्कार वाट सम्मान गर्ने भएको छ । पुरस्कार छनौटका लागि डा. राकेश शाहको संयोजकत्वमा डा. विप्लव यादव, मिथिलेश यादव, शैलेन्द्र कुमार यादव, रिना यादव, राम रावत, विनोद शाह, ललित यादव, नारायण महतो र रिकेश चौधरी सदस्य रहेको समिति बनाएको संस्थाले जनाएको छ ।

एक व्यक्तिले बढीमा दुई विद्यामा मनोनयन गर्न पाउने व्यवस्था सहीत संस्थाले मा लिडरसिप अवार्ड, मा कार्यकारी अवार्ड, मा वुमन अफ इयर अवार्ड, मा एक्सिलेन्ट अवार्ड, मा डोनर अफ द अवार्ड, मा स्टुडेन्ड एक्सिलेन्स अवार्डको व्यवस्था गरेको छ । त्यस्तैं, मा प्रेसिडेन्डले छान्ने मा प्रेसिडेन्ड अवार्ड, मा फ्रेन्डसिप अवार्ड, मा लाइफ टाइम एचिभमेन्ट अवार्ड र मा स्पेशल रिकगनिशन अवार्ड रहेका छन् । मनोनयनका लागि १ मे, २०१८ सम्मको समय छुट्टाइएको संस्थाका महासचिव संगित रौनियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

Your email address will not be published. Required fields are marked *

*