मधेशी एसोसिएसन इन अमेरिका (MAA) को पहिलो कन्भेन्सन न्युयोर्कमा आयोजना हुने

अमेरिका, १३ मंसिर । मधेशी एसोसिएसन इन अमेरिका (मा) ले ऐतिहासिक पहिलो अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्न भएको छ । मधेशी एसोसिएसन इन अमेरिका (मा) को अमेरिकाको न्यू योर्क शहरमा बसेको केन्द्रिय समितिको बैठकले यहि आउँदो सन् मे २६—२७, २०१८ तारिखमा अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । मधेशी एसोसिएसन इन अमेरिका (मा)ले आफ्नो पहिलो अन्तराष्ट्रिय सम्मेलन अमेरिकाको न्यु योर्क शहरमा आयोजना गर्न लागिएको हो ।
मधेशी एसोसिएसन इन अमेरिका (मा) स्थापनाको छोटो समयमा अमेरिकाको विभिन्न राज्यमा रहेको मधेशी समुदायको छाता संगठन बन्न सफल भएको छ । मधेशी एसोसिएसन इन अमेरिका (मा)ले आफनो स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । मधेशी एसोसिएसन इन अमेरिका (मा)ले मधेशमा गएको बाढि पहिरो, आगलागी, जाडो लगायतको बेला गरिब जनताको लागि राहत वितरण मात्रै नभई आन्दोलनको क्रममा सहिद, घाइते तथा मधेशमा विपन्न वर्गका लागि विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएका छन् ।

Your email address will not be published. Required fields are marked *

*