मधेशी एसोसिएसन इन अमेरिका (मा) द्धारा भव्यताका साथ शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न ( फोटो फिचर)

काठमाडौं, ३० असोज । अमेरिकामामा रहेका मधेशी समुदायहरुको छाता संगठन मधेशी एसोसिएसन इन अमेरिमा (मा)ले दशैं, दिपावली, छठ पर्वको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रमको सफल आयोजना गरेका छन् ।
मधेशी एसोसिएसन इन अमेरिमा (मा) ले संस्थाका अध्यक्ष सुनिल साहको अध्यक्षतामा गत शुक्रवार साउन २७ गते काठमाडौंको बानेश्वरमा रहेको होटल अर्यालमा भव्य शुभ कामना आदान प्रदान कार्यक्रमको आयोजना सम्पन्न गरेको हो ।
कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव, जनकपुरका नवनिर्वाचित मेयर लाल किशोर साह लगायतले मधेशी एसोसिएसन इन अमेरिमा (मा) द्धारा छोटो समयमा मधेशी समुदायका लागि गरिएको कार्यहरुको प्रसंसा गर्दै अगामि दिनहरुमा यो भन्दा बढी कार्यहरु गर्न आग्रह गर्दै सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य र मधेशको पर्यटन क्षेत्रमा विश्व भरी छरिएर रहेका त्यसमा पनि अमेरिमा संगठित रुपमा रहेका मधेशी एसोसिएसन इन अमेरिमा (मा) का सदस्यहरुले धेरै गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा चर्चित राजनीतिक विश्लेषक सिके लालले आफ्नो मन्तव्य राख्दै शुभ कामना त एउटा बहाना मात्र भएको भन्दै यो अवसर एक आपसमा मधेशी समुदायबीच भाइचारा बढाउने अवसर भएको उल्लेख गर्दै शुभ कामना व्यक्त गर्नु भएको थियो ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राज किशोर यादवले पनि व्यस्त समयका बीच कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अध्यक्ष मण्डलको तर्फबाट आन्दोलनको समयमा विश्व भरी छरिएर रहेका मधेशी समुदायको साथ सर्मथन र सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भयो । अगामि दिनमा पनि मधेशी जनताको अधिकारका लागि देश बाहिर रहेका तमाम मधेशी समुदायको नैतिक समर्थन रहने विश्वास व्यक्त गरेका थिए ।
मधेशका चर्चित अधिकारकर्मी दिपेन्द्र झाले पनि कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै मधेशी एसोसिएसन इन अमेरिमा (मा) ले गरेका कार्यहरु प्रसंशनीय रहेको जिकिर गर्नु भयो ।
सो अवसरमा भोर संस्थाका अध्यक्ष राज कुमार महतोले नयाँ बन्न लागेको ऐतिहासिक, धार्मिक सिनेता द पिपुल्स हिरो सलहेस को बारेमा आफनो प्रस्तुती दिएका थिए ।
त्यस्तै मधेशी एसोसिएसन इन अमेरिमा (मा)का प्रवक्ता राज सर्राफले मधेशमा पर्यटनको सम्भावना, अवसर र नयाँ गन्तव्यको खोजीको बारेमा भिडिट मधेश डट कमको विषयमा विस्तुत ब्याख्या गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा समाजमा विशेष योगदान पुरउने व्यक्तित्वहरुलाई सम्मान प्रत्र समेत प्रदान गरेका थिए । सम्मानित हुनेहरु विश्लेषक सिके लाल, अधिकारकर्मी दिपेन्द्र झा, अभियन्ता सरोज राय, मदन गुप्ता, कृष्णा सर्राफ, प्रमोद गुप्ता, ओम प्रकाश सर्राफ, भोरका संयोजक अनुसन्धानकर्ता राज कुमार महतो र पत्रकार अनन्त अनुराग रहेका थिए ।
कार्यक्रममा बोल्दै मधेशी एसोसिएसन इन अमेरिमा (मा)का केन्द्रिय अध्यक्ष सुनिल साहले मा एक गैर नाफा मुलक अमेरिकाको कानूनमा रहेर सामाजिक कार्यहरु सन्चालन गरी रहेको जानकारी गराउँदै मधेशी जनतालाई आपत विपत परेको बेला सके जति अगामि दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मधेशी एसोसिएसन इन अमेरिमा (मा) पच्छिलो समय तराई मधेशमा गएको भयानक बाढी पहिरोले पिडित भएका मधेशी समुदायलाई सबै भन्दा पहिलो स्थानीय तहमा पुगेर राहत सामग्री वितरण गरेका थिए । सप्तरी देखि पर्सा सम्म विभिन्न संघ संस्थाको सहयोगमा मधेशी एसोसिएसन इन अमेरिमा (मा) ले तत्काल सामाजिक र मानवता धर्म निर्वाह गर्दै आएका छन् ।
यस अघि मधेशी एसोसिएसन इन अमेरिमा (मा) ले सप्तरीको मलेठ घटनामा सहादत प्राप्त गरेका सहिद परिवार नगद राशी सहयोग गर्ने घोषणा गरेको थियो । सो रकम समय अभावको कारण एक दुई महिना पछि वितरण गर्ने कार्यक्रम रहेको छ ।

Your email address will not be published. Required fields are marked *

*